Custom Preloader Image

एक्सेल डेभलपमेन्ट बैंक लि. (Excel Development Bank Ltd.) र सिद्धार्थ होटल ग्राण्ड सिटी (Siddhartha Hotel Grand City) बीच मिति २०८० साल मंसिर १० गते सोमबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत एक्सेल डेभलपमेन्ट बैंक सँग आबद्ध ग्राहक तथा सेवाग्राहीहरुले झापा, बिर्तामोड स्थित Siddhartha Hotel Grand City ले प्रदान गर्ने सेवा सुविधाहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

यस सम्झौता अनुसार एक्सेल डेभलपमेन्ट बैंकको डेबिट र्काड वा मोबाइल बैंकिंग प्रयोगकर्ताले यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.