- March 26, 2025
- Posted by: Ujjwal Bhattarai2
- Category: Merchant Offers


एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड र बिर्तामोडस्थित दृष्टि आई हस्पिटलबीच एक्सेल डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो सम्बन्धी समझदारीपत्रमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक श्री अशोक क्षेत्री र दृष्टि आई हस्पिटलका तर्फबाट अध्यक्ष श्री राम कुमार उप्रेतीले हस्ताक्षर गर्नुभयो । यस सहमतिअनुसार एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरु, कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दृष्टि आई हस्पिटलबाट प्राप्त हुने विभिन्न प्रकारका सेवाहरुमा ५ देखि शत प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
हस्पिटलका सेवाहरुमध्ये ओपिडी शुल्क निशुल्क गरिएको र अपरेशन लगायत अन्य सेवाहरुमा १० प्रतिशतसम्म छुट सुविधा प्रदान गरिएको छ । यो सुविधा दृष्टि आई हस्पिटलका बिर्तामोड लगायत सबै शाखाहरुबाट उपलब्ध हुनेछ।
अतः एक्सेल बैंकका ग्राहकहरुलाई आफ्नो डेबिट कार्ड वा मोबाइल बैकिंग माध्यमबाट भुक्तानी गर्न छुट सुविधा प्राप्त गर्न हुन अनुरोध गरिन्छ ।
Leave a Reply
You must be logged in to post a comment.