
Excel Development Bank
Supporting our communities
Excel Development Bank, a leading development bank in Nepal, is deeply committed to corporate social responsibility (CSR).
The bank actively supports numerous social initiatives and community development programs, demonstrating its dedication to making a positive impact on society.
CSR 2081



Education
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा मेचीनगर–२, गाडागल्ली, झापास्थित श्री कृष्ण आधारभूत विद्यालयका १५९ जना विद्यार्थीहरूको शैक्षिक वृत्तिविकासका लागि शैक्षिक सामग्रीहरू हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कट्टेलले विद्यालयका प्रधानाध्यापक श्री राजन कुमार गिरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री मञ्जील देवानलाई एक कार्यक्रमकाबीच शैक्षिक सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री लेखराज कार्की, मार्केटिङ अफिसर श्री गजेन्द्र ढकाल, काकरभिट्टा शाखाका शाखा प्रबन्धक श्री उमेश कुमार घिमिरे लगायत बैंकका अन्य कर्मचारी, विद्यालय समितिका पदाधिकारी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कोशी प्रदेशभरि फैलिएका आफ्ना ४७ वटा शाखा तथा ३ वटा एटिएममार्फत २ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल ८ जिल्लामा सेवा विस्तार गरिरहेको बैंकले आगामी दिनमा थप शाखा विस्तार गरी देशभर सेवा विस्तार गर्ने योजना जनाएको छ।




Health
A
B
C
D
E
F
G
H




Humanitarian Assistance & Grant
A
B
C
D
E
F
G
H











विश्व वातावरण दिवसको अवसरमा एक्सेल डेभलपमेन्ट बैंक द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न ।
विश्व वातावरण दिवसको अवसरमा एक्सेल डेभलपमेन्ट बैंक द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न ।
‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने मूल नाराको साथ एक्सेल डेभलपमेन्ट बैंक लि. द्वारा झापा जिल्ला हल्दीबारी गाँउपालिका, भेलागढी सिमसार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रममा वन उपभोक्ता समितिका पदाधिकारीहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की, सहायक महाप्रबन्धक अशोक क्षेत्रीका साथै बैंकका उच्च पदस्थ अधिकारीहरु, कर्मचारीहरु तथा स्थानीय समुदायका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
बैंकको मार्केटिङ विभागका कर्मचारी गजेन्द्र ढकालले जलवायू परिवर्तनको असर र प्रभावको कारण गिर्दै गएको वातावरणलाई संरक्षण गर्नको लागि अत्यन्तै महत्वपुर्ण रहेको वृक्षारोपण कार्यक्रम सफल पार्न भेलागढी सामुदायिक वन उपभोक्ता समूहका साथै स्थानीय जनताले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत बैंकले यस्ता कार्यक्रम जारी राख्ने बताए । वन उपभोक्ता समूहका अध्यक्ष पूण्य लम्साल तथा सचिव खगेन्द्र राजवंशीले यस्ता पर्यावरण अभिवृद्धि तथा सिमसार क्षेत्रको सहयोगको लागि एक्सेल डेभलपमेन्ट बैंक लि. लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्तो कार्यको निरन्तरताको अपेक्षा राख्नु भयो । साथै यस वृक्षारोपणबाट भेलागढी सिमसार पार्कको सौन्दर्यलाई अझ बढाउने, यसको पर्यटनमा बढावा दिने र स्थानीय जनतामा हरियाली र वातावरणप्रति सचेतना जगाउने विश्वास पनि लिइएको बताउनु भयो ।आजको कार्यक्रममा सिरिषका ५० वटा विरुवाहरुलाई यस सिमसार क्षेत्रमा वृक्षारोपण गरियो ।
यस कार्यक्रमका केही तस्वीरहरुः




Economic Development
A
B
C
D
E
F
G
H

एक्सेल डेभलपमेण्ट बैंकद्वारा फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण कार्यक्रम सम्पन्न
झापा, गौरादह २०८१ असार ६ गते – एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत गौरादह नगरपालिका अन्तर्गत बैगुनधुरा बजार भित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको छ ।
कार्यक्रममा अतिथिका रुपमा बैगुनधुरा बजार व्यवस्थापन समितिका हालका अध्यक्ष श्री राजेन्द्र पोखरेलज्यू साथै पुर्व बजार व्यवस्थापन समितिका अध्यक्ष श्री सिताराम पोखरेलले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको साथै उहाँहरु यस बैंकसँग सहकार्य गर्दै अगाडि बढ्न चाहने बताउनु भयो ।
एक्सेल डेभलपमेण्ट बैंकका बजार व्यवस्थापन विभागका कर्मचारी श्री गजेन्द्र ढकाल ज्यूले यस कार्यक्रमको महत्व प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारीका साथै यस डस्टबिन वितरण कार्यक्रममार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताए ।
यस कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सफाईमा योगदान पुर्याउन आह्वान गरे।
डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
सो कार्यक्रममा वडा कार्यालयको तर्फबाट श्री कृष्ण प्रधान त्यस्तै समाजसेवीहरु चन्द्र खड्का, कृष्ण खतिवडा, भवकृष्ण पोखरेल, ठाकुर दाहाल लगायतको उपस्थिति रहेको थियो ।




Others
A
B
C
D
E
F
G
H