एक्सेल डेभलपमेण्ट बैंकद्वारा फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण कार्यक्रम सम्पन्न ।
झापा, गौरादह २०८१ असार ६ गते – एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत गौरादह नगरपालिका अन्तर्गत बैगुनधुरा बजार भित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको छ ।
कार्यक्रममा अतिथिका रुपमा बैगुनधुरा बजार व्यवस्थापन समितिका हालका अध्यक्ष श्री राजेन्द्र पोखरेलज्यू साथै पुर्व बजार व्यवस्थापन समितिका अध्यक्ष श्री सिताराम पोखरेलले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको साथै उहाँहरु यस बैंकसँग सहकार्य गर्दै अगाडि बढ्न चाहने बताउनु भयो ।
एक्सेल डेभलपमेण्ट बैंकका बजार व्यवस्थापन विभागका कर्मचारी श्री गजेन्द्र ढकाल ज्यूले यस कार्यक्रमको महत्व प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारीका साथै यस डस्टबिन वितरण कार्यक्रममार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताए ।
यस कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सफाईमा योगदान पुर्याउन आह्वान गरे।
डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
सो कार्यक्रममा वडा कार्यालयको तर्फबाट श्री कृष्ण प्रधान त्यस्तै समाजसेवीहरु चन्द्र खड्का, कृष्ण खतिवडा, भवकृष्ण पोखरेल, ठाकुर दाहाल लगायतको उपस्थिति रहेको थियो ।
![](https://edb.com.np/wp-content/uploads/2024/08/dustbin-1024x768.jpg)