बैङ्कको २०७२/७३ आवको दोस्रो त्रैमासमा खुद नाफा २९ दशमलव ६६ प्रतिशत बढेको छ । बैङ्कको आइतवार भएको साधारणसभाले २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्राविधिक विश्लेषण
आरएसआई : ओभर सोल्ड जोन (२६ दशमलव ८२ स्केल)मा छ । विक्री चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन १७ दशमलव ७७ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।
मुभिङ एभरेज : अल्पकालीन ७ दिने औसत मूल्य रेखा र २१ दिने मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल छ भने ७ दिने रेखाभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ५ सय ७० मा प्रतिरोध पाउन सक्छ । मूल्य सस्तिएमा ५ सय २० मा टेवा पाउन सक्छ ।
आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
– बैङ्कको दोस्रो त्रैमासमा खुद नाफा २९ दशमलव ६६ प्रतिशत बढेर रू. ४ करोड ५ लाख पुगेको छ । सञ्चालन नाफा १६ दशमलव ६५ प्रतिशत र खुद ब्याज आम्दानी ११ दशमलव ४८ प्रतिशतले बढ्नाले र गत आवमा रहेको रू. ५८ लाख ८१ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।
– ब्याज आम्दानी ८ दशमलव १० प्रतिशत बढेर रू. १४ करोड ५८ लाख र ब्याज खर्च ३ दशमलव ६१ प्रतिशत घटेर रू. ५ करोड ९९ लाखमा पुगेको छ ।
– कर्मचारी खर्च ४० दशमलव ४९ प्रतिशत, कुल सञ्चालन नाफा १४ प्रतिशत र अन्य सञ्चालन खर्च ३० दशमलव ५३ प्रतिशत बढेको छ ।
– रू. ३ अर्ब १७ करोड कुल निक्षेप सङ्कलन गरी रू. २ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ ।
– कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ३६ प्रतिशत र सीडी रेशियो ६९ दशमलव २४ प्रतिशत छ । राष्ट्र बैङ्कको प्रावधानअनुसार बैङ्कले थप कर्जा प्रवाह गर्न सक्ने देखिन्छ ।
– बैङ्कले सम्भावित जोखीमवापतको व्यवस्थामा रकम ३४ प्रतिशत घटाएर रू. ८९ लाख १२ हजारमा सीमित भएको छ ।
– पूँजी कोष लागत ४ प्रतिशत र पूँजी कोष पर्याप्तता ११ प्रतिशत छ । बैङ्कको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो १५ गुणा र प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ५६ छ । गत पुस मसान्तसम्ममा विगत १२ महीनाको आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ८१ छ । सो आम्दानी र शेयरको पछिल्लो कारोबार मूल्यका आधारमा निकालिएको पीई रेशियो १४ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ३ गुणा छ ।