बैंकको २० औं शाखा गौरादह, झापामा स्थापना

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको शाखा विस्तार

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको २० औं शाखा झापा जिल्लाको गौरादह नगरपालिका अन्तर्गत गौरादह बजारमा स्थापना भएकोमा उक्त शाखाको औपचारिक उद्घाटन मिति २०७४ साल मंसिर १९ गते मंगलवारका दिन प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख श्री रोहितकुमार शाह र यस वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा गर्नुभयो । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको गौरादह बजारमा ग्राहकहरुलाई वहाँहरुकै रोजाइको माध्यम अर्थात ABBS, SMS, IPS (अन्तरबैंक भुक्तानी प्रणाली), Online Clearing तथा मोवाईल वैंकिगं, रेमिटान्स सेवा लगायतका अधिकांश वैंकिङ्ग सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय, गौरादहबाट प्रदान गरिने छ ।

यस वैंकले आ.व.२०७३/०७४ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३०.१२ प्रतिशतका दरले वोनश शेयर र उक्त वोनश शेयरमा कर मिलान प्रयोजनार्थ १.५९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव मिति २०७४ मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको छ सो वोनस शेयर वितरण तथा चालु आ.व.मा निष्काशन गरेको हकप्रद शेयर पश्चात वैंकको चुक्ता शेयर पूँजी रु ६९ करोड २६ लाख ७४ हजार पुग्नेछ ।


आ.व. २०७३।०७४ मा खुद मुनाफा रु १५ करोड ०४ लाख ४९ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु ३ अर्व ९२ करोड रहेको छ भने निक्षेप संकलन रु ४ अर्व ५१ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्गका विभिन्न २२ स्थानमा अवस्थीत आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा आफ्नो कार्यक्षेत्रभित्रका थप केहि ठॉउहरुमा शाखा विस्तार गर्ने लक्ष्य समेत लिएर कार्य सम्पादन गरिरहेकोे छ ।


मोरङ्ग जिल्लाको उर्लावारी नगरपालिका अन्तर्गतको उर्लावारी बजारमा यस वैंकले आफ्नो १९ औं शाखा कार्यालय स्थापना गरि उक्त शाखा कार्यालयको समेत औपचारिक उद्घाटन मिति २०७४ साल मंसिर १८ गते सोमवारका दिन गरेको थियो ।

कार्यक्रमको सञ्चालन यस बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले गर्नु भएको थियो भने गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जीवन राई लगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।