एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको शाखा विस्तार
एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको १६ औं शाखा इलाम जिल्लाको देउमाई नगरपालिका अन्तर्गत मंगलवारे बजारमा स्थापना भएकोमा उक्त शाखाको औपचारिक उद्घाटन मिति २०७३ साल मंसिर ६ गते सोमवारका दिन उद्योग वाणिज्य संघ, मंगलवारे शाखाका अध्यक्ष श्री मातृका प्रसाद घिमिरे र यस वैंकका संचालक समितिका का.वा.अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा गर्नुभयो ।
आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको मंगलवारे बजारमा ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात ATM Card, SMS तथा मोवाईल वैंकिगं, रेमिटान्स, ABBS, IPS, ECC सेवा लगायतका अधिकांश वैंकिङ्ग सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय, मंगलवारेबाट प्रदान गरिने छ ।
यस वैंकले आ.व.२०७२/०७३ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतका दरले वोनश शेयर र उक्त वोनश शेयरमा कर मिलान प्रयोजनार्थ १.३२ प्रतिशतका दरलेनगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभाबाट पारित गर्नेछ सो वोनस शेयर वितरण पश्चात वैंकको चुक्ता शेयर पू‘जी रु ३८ करोड ४५ लाख ६२ हजार ५ सय पुग्नेछ ।
आ.व. २०७२।०७३ मा खुद मुनाफा रु ९ करोड ९८ लाख ४१ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु ३ अर्व ३८ करोड रहेको छ भने निक्षेप संकलन रु ३ अर्व ८३करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्गका विभिन्न १८ स्थानमा अवस्थीत आफ्ना कार्यालयहरु मार्फत गा्रहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा आफ्नो कार्यक्षेत्रभित्रका थप केहि ठॉउहरुमा शाखा विस्तार गर्ने लक्ष्य समेत लिएर कार्य सम्पादन गरिरहेको छ ।
झापा जिल्लाको राजगढ गा.वि.स. अन्तर्गतको राजगढ बजारमा यस वैंकले आफ्नो १५ औं शाखा कार्यालय स्थापना गरि उक्त शाखा कार्यालयको समेत औपचारिक उद्घाटन मिति २०७३ साल मंसिर ४ गते शनिवारका दिन गरेको थियो।
उद्घाटनका केही दृष्यहरूः
यस सम्बन्धी अन्य स्रोतहरूमा प्रकाशित समाचारहरूः