एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडका संस्थापक शेयरधनीहरुलाई जरुरी सूचना
सूचना प्रकाशित मितिः २०७३।०५।२०
नेपाल राष्ट्र वैंकवाट जारी निर्देशन तथा नेपाल धितोपत्र वोर्डवाट जारी परिपत्रको अधिनमा रही यस वैंकको संस्थापक समूहमा हाल रहेको ७०% शेयर संरचनालाई ५१% हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्न र सोही अनुरुप वैंकको प्रवन्धपत्र र नियमावलीमा समेत संसोधन गर्न नेपाल राष्ट्र वैंकवाट स्वीकृति लिनु पर्ने भएको हुदा सो वमोजिम आफ्नो शेयर परिवर्तन गर्ने वा नगर्ने सम्वन्धमा सम्पूर्ण संस्थापक शेयरधनीहरुलाई निवेदन ढाँचा समेत संलग्न गरि पत्राचार गरि सकिएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
उक्त पत्र प्राप्त गरी सक्नु भएको भए सो पत्र साथ संलग्न कुनै एक निवेदन ढाँचामा र सो पत्र तथा सो साथ संलग्न निवेदन ढाँचा प्राप्त नगर्नु भएमा यसै सूचनालाई आधार मानि यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस वैंकको शेयर रजिष्ट्रार श्री एस क्यापिटल लिमिटेड, लालकोलनी मार्ग, लालदरवार, काठमाण्डौं वा वैंकको रजिष्ट्रर्ड कार्यालय, विर्तामोड, झापामा सम्पर्क राखी संस्थापक समूहमा रहेको शेयर आफ्नो हक हिस्सामा पर्ने (कुल १०० को १९% अर्थात ७० को २७.१४२९%) शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने भन्ने कुनै एक ढाँचामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ । आफ्नो हक हिस्सामा पर्ने संस्थापक शेयर सर्वसाधारण समूहको शेयरमा परिवर्तन नगर्ने भनि स्वघोषणा गर्नु हुने शेयरधनीहरुको हक हिस्सा वाकी रहेका संस्थापकहरुले त्यस्तो शेयरको अनुपात उपयोग गर्न सक्ने व्यहोरा समेत जानकारीको लागि अनुरोध गर्दै यो सूचनाको म्याद भित्र सर्वसाधारण समूहको शेयरमा परिवर्तन नगर्ने भनि निवेदन नदिनु हुने संस्थापक शेयरधनीहरुको हकको संस्थापक शेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही वमोजिम सर्वसाधारण समूहमा परिवर्तन गर्ने तर्फ कारवाही प्रकृया अगाडी वढाईने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइएकोे छ ।
पुनश्चः यो सूचना, यस सम्वन्धमा वैंकवाट प्रेशित पत्रको नमूना र सो साथ संलग्न निवेदन ढाँचाको लागि तल क्लिक गर्नुहोलाः
निवेदन ढाँचाको लागि यहाँ क्लिक गर्नुहोला ।
यो सूचना मिति २०७३/०५/२० तद्अनुसार सन् २०१६ सेप्टेम्बर ०५ सोमबारका दिनको अन्नपुर्ण राष्ट्रिय दैनिकमा छापिएको छ ।
एक्सेल डेभलपमेण्ट वैंक लिमिटेड
केन्द्रीय कार्यालय, विर्तामोड (झापा)
फोन नंं ०२३-५४३५६४, इमेलः info@edb.com.np