एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको १५ औं शाखा झापा जिल्लाको राजगढ गा.वि.स. अन्तर्गत राजगढ बजारमा स्थापना भएकोमा उक्त शाखाको औपचारिक उद्घाटन मिति २०७३ साल मंसिर ४ गते शनिवारका दिन झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री मदन भुजेल र यस वैंकका संचालक समितिका का.वा.अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा गर्नुभयो । नवस्थापित उक्त राजगढ शाखा कार्यालयबाट ATM Card, SMS तथा मोवाईल वैंकिगं, रेमिटान्स, Free ABBS सेवा लगायतका अधिकांश वैंकिगं सेवाहरु समेत प्रदान गरिने छ ।
यस वैंकले आ.व.२०७२/०७३ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पू‘जीको २५ प्रतिशतका दरले वोनश शेयर र उक्त वोनश शेयरमा कर मिलान प्रयोजनार्थ १.३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभाबाट पारित गर्नेछ सो वोनस शेयर वितरण पश्चात वैंकको चुक्ता शेयर पू‘जी रु ३८ करोड ४५ लाख ६२ हजार ५ सय पुग्नेछ ।
आ.व. २०७२।०७३ मा खुद मुनाफा रु ९ करोड ९८ लाख ४१ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु ३ अर्व ३८ करोड रहेको छ भने निक्षेप संकलन रु ३ अर्व ८३ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोर¨का विभिन्न १८ स्थानमा अवस्थीत आफ्ना कार्यालयहरु मार्फत गा्रहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा आफ्नो कार्यक्षेत्रभित्रका थप केहि ठॉउहरुमा शाखा विस्तार गर्ने लक्ष्य समेत लिएर कार्य सम्पादन गरिरहेकोे छ ।
त्यसै गरी इलाम जिल्लाको देउमाई नगरपालिका अन्तर्गतको मंगलवारे बजारमा समेत यस वैंकले आफ्नो शाखा कार्यालय स्थापना गरिसकेको र उक्त शाखा कार्यालयको समेत औपचारिक उद्घाटन मिति २०७३ साल मंसिर ६ गते सोमवार गर्ने कार्यक्रम रहेको छ ।