एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको सुनसरी जिल्लाको हरिनगर गाँउपालिका बडा नंं १ अन्तर्गत भुटाहा बजारमा स्थापना भएको नयाँ शाखाको औपचारिक उद्घाटन मिति २०७६ साल भाद्र २६ गते विहिवारका दिन सम्पन्न भएको छ । उक्त भुटाहा शाखाको उद्घाटन प्रमुख अतिथी हरिनगर गाउँपालिका का प्रमुख श्री गफार अन्सारी मिया र वैंकका संचालक समिती अध्यक्ष श्री महेन्द्र कुमार गोयलले संयुक्त रुपमा गर्नुभयोे । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको भुटाहा बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Merchant Payment तथा स्मार्ट मोवाईल वैंकिगं ( Smart Mobile Banking), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card, जुन नेपालभरि जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम भुक्तानी लिन सकिने छ । त्यस्तै रेमिटान्स सेवा, ३६५ दिने बैंकिंग, लगायतका अधिकांश वैंकिंग सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय भुटाहाबाट प्रदान गरिने छ ।
यस वैंकले आ.व.२०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको र उक्त चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी निर्णय आ.व. २०७४।०७५ को बार्षिक साधारण सभाबाट गरिसकेको छ ।
आ.व. २०७५।०७६ मा अप्रशोधित खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ६ अर्व ३६ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ७ अर्व गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ्ग, पाँचथर र सुनसरीका विभिन्न ३६ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा उक्त जिल्लाभित्रका धरान, वैगुनधुरा लगायतका अन्य स्थानहरुमा थप नयाँ शाखाहरु स्थापना गर्ने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।
एक्सेल डेभलपमेन्ट बैंक लि.का अध्यक्ष श्री महेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको शाखा उद्घाटन कार्यक्रममा बैंकका संचालक श्री हेमराज ढकालले स्वागत मन्तव्य राख्नु भएको तथा बैंकको वर्तमान गतिविधिहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत श्री दिनेश कुमार पोखरेलले प्रकाश पार्नु भएको थियो उक्त कार्यक्रममा वालकृष्ण मा.वि.का प्र.अ. नरेश प्रसाद गुप्ता, सरोकार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मोजाम्मिल हक, सहकारी संस्था लि. हरिनगराका व्यवस्थापक महीउद्दीन सिद्धीकी, हरिनगर गा.पा. वडा नं. १ का वडा अध्यक्ष अव्दुल लतिफ मिया, हरिनगर गा.पा. उप प्रमुख रिमझिम कुमारी भगत, प्रदेश नं. १ का सभासद माननीय मोहम्मद ताहिर अन्सारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथी हरिनगर गाउँपालिकाका प्रमुख श्री गफार अन्सारी मियाले आफ्नो मन्तव्य सहित शुभकामना प्रदान गर्नुभयो । उक्त उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्री श्याम बहादुर बोहोराले गुर्नभएको थियो ।