एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न

विर्तामोड, २०७५ चैत्र ११ गते ।

“तपाईको स्थानीय साझेदार” भन्ने मुल नाराका साथ अधिकांश स्थानीय लगानीकर्ताहरुको लगानीमा झापा जिल्लाको विर्तामोडमै केन्द्रीय कार्यालय रहि मिती २०६२ साल श्रावण ०६ गते स्थापित यस एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको मिति २०७५ चैत्र ११ गते आफ्नो तेह्रौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको मिति २०७५ चैत्र ११ गते सोमवारका दिन संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालको अध्यक्षतामा भएको तेह्रौं वार्षिक साधारण सभाको उद्घाटन बैंकका अध्यक्ष श्री हेमराज ढकाल र प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी नगर उप प्रमुख श्री पवित्रा महतारा प्रसाईले संयुक्त रुपमा गर्नुभयो । वार्षिक साधारण सभाले आ.व.२०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने र उक्त चुक्ता पु‘जीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । साथै उक्त साधारण सभाले सस्थापक समुहका शेयरधनीहरुमध्येबाट ३ जना सञ्चालकहरुमा क्रमशः श्री महेन्द्रकुमार गोयल, हेमराज ढकाल र राजन शर्मा लाई निर्विरोध निर्वाचित गरेको छ ।

आ.व. २०७४/०७५ मा खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ६ अर्व ३७ करोड गरेको छ । झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्ग का विभिन्न ३० स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा सुनसरी र पॉचथर जिल्लामा समेत कार्यक्षेत्र विस्तार गरि उक्त जिल्लाका फिदिम, इनरुवा, इटहरी, भुटाहा, भमरी बजारमा नयाँ शाखा स्थापनाका लागि साजसजावटको कार्य भईरहेकोे छ भने आगामी दिनमा प्रदेश नम्बर १ भरी नेपाल राष्ट्र बैंकको स्वीकृती प्राप्त गरी आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।

बैंकले सफलाता पुर्वक आफ्नो संचालनको तेह्रौं बार्षिक साधारण सभा सम्पन्न गरेको यस सुखद घडीमा बैंक प्रति सदा सद्भाव राखि कारोवार गर्ने सम्पुर्ण ग्राहक वर्ग, शुभचिन्तकहरु, बुद्धिजीवि वर्ग, संघसंस्थाहरु, पत्रकार वर्ग, नियमनकारी निकायहरु तथा सम्पुर्ण शेयरधनि महानुभावहरुलाई हार्दिक धन्यवाद दिनुका साथै आगमी दिनहरुमा पनि निरन्तर सहयोग तथा सद्भावको आशा राख्दै ग्राहकहरुको चाहना र आवाश्यकता अनुसारको आधुनिक एवं विश्वसनिय बैंकिङ सेवाहरु प्रवाह गर्दै सम्पुर्ण ग्राहक वर्गको मन जित्न सफल हुने आशाका साथ सर्वसुलभ तथा स्तरीय सेवा प्रवाह गर्ने कुरामा प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौ ।

उक्त साधारणसभा सम्पन्न भए पश्चात बसेको संचालक समितीको बैठकले संचालक श्री महेन्द्रकुमार गोयललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।


तेह्रौं वार्षिक साधारण सभा कार्यक्रमका केही तस्वीरहरूः

तेह्रौं बार्षिक साधारण सभामा यस बैंकका अध्यक्ष श्री हेमराज ढकाल वार्षिक विवरण प्रस्तुत गर्नुहुँदै ।
तेह्रौं बार्षिक साधारण सभाका प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी नगर उपप्रमुख श्री पवित्रा महतारा प्रसाईं तथा
बैंकका अध्यक्ष श्री हेमराज ढकाल
नवनिर्वाचित सञ्चालक समिति सदस्य श्री महेन्द्रकुमार गोयल, श्री राजन शर्मा र श्री हेमराज ढकालका साथ
सञ्चालक समिति सदस्य श्री पुरूषोत्तम लम्साल तथा श्री पर्शुराम दाहाल (क्रमशः बायाँबाट दायाँ)
सञ्चालक समिति सदस्यका साथ बैंकका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत लगायत व्यवस्थापनका कर्मचारीहरू
प्रमुख अतिथिलाइ मायाको चिनो प्रदान गर्नुहुँदै अध्यक्ष
बैंकका सञ्चालक समिति सदस्यका साथ संस्थापकहरू तथा प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृत