एक्सेल डेभलपमेन्ट वैंक लि.काे गरामनी शाखाको औपचारिक उद्घाटन

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले झापा जिल्लाको बिर्तामोड नगरपालिका बडा नंं ७ अन्तर्गत गरामनी चोकमा स्थापना भएको नयाँ शाखाको औपचारिक उद्घाटन मिति २०७५ साल फागुन ०६ गते बुधवारका दिन सम्पन्न भएको छ । गरामनी शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख श्री ध्रुव कुमार शिवाकोटी र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका सदस्य श्री पुरुषोत्तम लम्सालज्यूले संयुक्त रुपमा गर्नुभयोे ।

आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको गरामनी बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing तथा स्मार्ट मोवाईल वैंकिगं ( Visa Debit Card ), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card , रेमिटान्स सेवा, ३६५ दिने बैंकिङ्ग, लगायतका अधिकांश वैंकिङ्ग सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय गरामनीबाट प्रदान गरिने छ ।

यस वैंकले आ.व.२०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने र उक्त चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी निर्णय २०७५ चैत्र ११ गते सम्पन्न हुने बार्षिक साधारण सभाबाट गर्ने तयारी गरेको छ ।

आ.व. २०७४।०७५ मा खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ६ अर्व २५ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङ्गका विभिन्न ३० स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा सुनसरी र पॉचथरमा जिल्लामा समेत कार्यक्षेत्र विस्तार गरि उक्त क्षेत्रभित्रका फिदिम, इनरुवा, इटहरी, भुटाहा, भमरी बजारमा नयाँ शाखा स्थापनाका लागि साजसजावटको कार्य भईरहेकोे छ भने आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको तथ्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश कुमार पोख्रलले जानकारी गराउनु भयो ।

झापा जिल्लाको कचनकवल गॉउपालिका अन्तर्गत बनियानी बजार र भद्रपुर नगरपालिका अन्तर्गतको सोमबारे चोकमा समेत यस वैंकले आफ्नो नयाँ दुई शाखा कार्यालयहरुको औपचारिक उद्घाटन मिति २०७५ साल चैत्र ४ गते सोमवारका दिन तथा अर्जुनधारा नगरपालिका अन्तर्गत खुदुनाबारी बजारमा मिति २०७५ साल चैत्र ५ गते मंगलवारका दिन सम्पन्न गरी सकेको ५ ।


गरामनी शाखा समुद्घाटन कार्यक्रमका केही तस्वीरहरूः


गरामनी शाखा समुद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरू साथै कार्यक्रमका प्रमुख अतिथि
बिर्तामोड नगरपालिकाका प्रमुख श्री ध्रुव कुमार शिवाकोटी मन्तव्य राख्नुहुँदै ।

गरामनी शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख
श्री ध्रुव कुमार शिवाकोटी र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका सदस्य तथा कार्यक्रमका अध्यक्ष
पुरुषोत्तम लम्सालले पानसमा बत्ती बाली संयुक्त रुपमा गर्नुहुँदै ।
https://www.youtube.com/watch?v=cMrx4JRAroI&t=1s
गरामनी शाखा उद्घाटनको क्रममा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख
श्री ध्रुव कुमार शिवाकोटीज्यू ।