एक्सेल डेभलपमेन्ट वैंक लि.काे बनियानी र सोमबारे शाखाको औपचारिक उद्घाटन

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले झापा जिल्लाको कचनकवल गॉउपालिका बडा नंं ६ अन्तर्गत बनियानी बजारमा र भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे चोकमा स्थापना भएको नयाँ शाखाहरुको औपचारिक उद्घाटन मिति २०७५ साल फागुन ०४ गते सोमवारका दिन सम्पन्न भएको छ । बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख श्री अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा गर्नुभयो भने सोमवारे शाखा प्रदेश नंं १ का प्रदेश सभासद माननिय श्री बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा गर्नुभयो । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको बनियानी बजार र सोमबारे चोकमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing तथा स्मार्ट मोवाईल वैंकिगं ( Visa Debit Card ), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको ख्ष्कब म्भदष्त ऋबचम, रेमिटान्स सेवा, ३६५ दिने बैंकिङ्ग, लगायतका अधिकांश वैंकिङ्ग सेवाहरु उक्त नवस्थापित शाखा कार्यालयहरु बनियानी र सोमबारेबाट प्रदान गरिने छ ।
यस वैंकले आ.व.२०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने र उक्त चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी निर्णय २०७५ चैत्र ११ गते सम्पन्न हुने बार्षिक साधारण सभाबाट गर्ने तयारी गरेको छ ।
आ.व. २०७४।०७५ मा खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु ५ अर्व ६५ करोड रहेको छ भने निक्षेप संकलन रु ६ अर्व २५ करोड गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोर¨का विभिन्न ३० स्थानमा अवस्थीत आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा सुनसरी र पाँचथरमा जिल्लामा समेत कार्यक्षेत्र विस्तार गरि उक्त क्षेत्रभित्रका फिदिम, इनरुवा, इटहरी, भुटाहा, भमरी बजारमा न‘या शाखा स्थापनाका लागि साजसजावटको कार्य भईरहेकोे छ भने आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।

बनियानी शाखा समुद्घाटन कार्यक्रमका केही तस्वीरहरूः

बनियानी शाखा समुद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरू साथै कार्यक्रमका अध्यक्ष हेमराज ढकाल मन्तव्य राख्नुहुँदै ।


बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख श्री अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले पानसमा बत्ती बाली संयुक्त रुपमा गर्नुहुँदै ।

बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख श्री अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले रिबन काटेर संयुक्त रुपमा गर्नुहुँदै ।


साेमबारे शाखा समुद्घाटन कार्यक्रमका केही तस्वीरहरूः


साेमबारे शाखा समुद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरू साथै कार्यक्रमका अध्यक्ष हेमराज ढकाल मन्तव्य राख्नुहुँदै ।

सोमवारे शाखाको समुद्घाटन प्रदेश नंं १ का प्रदेश सभासद माननिय श्री बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा
पानसमा बत्ती बाली गर्नुहुँदै।

सोमवारे शाखाको समुद्घाटन प्रदेश नंं १ का प्रदेश सभासद माननिय श्री बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले संयुक्त रुपमा
रिबन काटेर गर्नुहुँदै।