एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सम्पन्न

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको ३१.७१ प्रतिशत लाभांश पारित

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको मिति २०७४ मंसिर १७ गते आईतवारका दिन संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालको अध्यक्षतामा भएको बाह्रौ वार्षिक साधारण सभाको उद्घाटन वैंकका अध्यक्ष श्री हेमराज ढकाल र प्रमुख अतिथि विर्तामोड नगरपालिकाका मेयर श्री ध्रुव कुमार शिवाकोटीले संयुक्त रुपमा गर्नुभयो । उक्त वार्षिक साधारण सभाले चुक्ता शेयर पूंजीको ३०.१२ प्रतिशतका दरले वोनस शेयर र उक्त वोनस शेयर वितरण गर्दा कर मिलान प्रयोजनार्थ १.५९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै उक्त साधारण सभाले सर्वसाधारण समुहका शेयरधनीहरुमध्येबाट श्री पुरुषोत्तम लम्साल लाई संचालक निर्वाचित गरेको छ ।


आ.व. २०७३।०७४ मा खुद मुनाफा रु १५ करोड ०४ लाख ४९ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु ३ अर्व ९३ करोड रहेको छ भने निक्षेप संकलन रु ४ अर्व ५१ करोड रहेको छ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोर¨का विभिन्न २१ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहक समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने आगामी दिनमा थप शाखा विस्तारकोे लक्ष्य लिएको छ । बाहै वार्षिक साधारण सभाबाट पारित वोनश शेयर तथा चालु आ.व.मा निष्काशन गरिएको हकप्रद शेयर पश्चात वैंकको चुक्ता पूजी रु ६९ करोड २६ लाख ७४ हजार पुग्नेछ ।


बैंकले सफलता पुर्वक आफ्नो संचालनको बाह्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको यस सुखद घडीमा बैंक प्रति सदा सद्भाव राखि कारोवार गर्ने सम्पुर्ण ग्राहक वर्ग, शुभचिन्तकहरु, बुद्धिजीवि वर्ग, संघसंस्थाहरु, नियमनकारी निकाय तथा सम्पुर्ण शेयरधनिहरुलाई बैंकले हार्दिक धन्यवाद दिनुका साथै आगमी दिनहरुमा पनि निरन्तर सहयोग तथा सद्भावको आशा राख्दै ग्राहकहरुको चाहना र आवाश्यकता अनुसारको आधुनिक एवं विश्वसनिय बैंकिङ सेवाहरु प््रावाह गर्दे सम्पुर्ण ग्राहक वर्गको अझबढी मन जित्न सफल हुने आशाका साथ सर्वसुलभ तथा स्तरीय सेवा प्रवाह गर्ने कुरामा प्रतिबद्धता ब्यक्त गर्न चाहन्छौ ।