एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको ५० प्रतिशत हकप्रद सहित २६.३२ प्रतिशत लाभांश पारित
एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको मिति २०७३ चैत्र १९ गते शनिवारका दिन संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालको अध्यक्षतामा सम्पन्न एघारौ वार्षिक साधारण सभाले चुक्ता शेयर पूंजीको २५ प्रतिशतका दरले वोनस शेयर र उक्त वोनस शेयर वितरण गर्दा कर मिलान प्रयोजनार्थ १.३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै उक्त साधारण सभाले सर्वसाधारण समुहका शेयरधनीहरुमध्येबाट पर्शुराम दाहाल र विकास गोयललाई संचालक निर्वाचन गरेको, २५ प्रतिशत वोनश शेयर वापतको रकम वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजी रु ३८ करोड ४५ लाख ६२.५ हजारको ५० प्रतिशतका दरले अर्थात २ः१ का दरले हकप्रद शेयर जारी गर्ने, वैंकको अधिकृत पूँजी वृद्धि गरि १ अर्व पु-याउने, संस्थापक तथा सर्वसाधारण समुहको शेयरको अनुपात क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
आ.व. २०७२।०७३ मा खुद मुनाफा रु ९ करोड ९८ लाख ४१ हजार गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु ३ अर्व ७१ करोड रहेको छ भने निक्षेप संकलन रु ४ अर्व ३२ करोड रहेको छ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोर¨का विभिन्न १७ स्थानमा अवस्थीत आफ्ना कार्यालयहरु मार्फत गा्रहक समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने आगामी दिनमा थप शाखा विस्तारकोे लक्ष्य लिएको छ । एघारौ वार्षिक साधारण सभाबाट पारित वोनश शेयर तथा हकप्रद शेयर निष्काशन पश्चात वैंकको चुक्ता पूजी रु ५७ करोड ६८ लाख ४४ हजार पुग्नेछ ।
यस सम्बन्धी अन्य स्रोतहरूमा प्रकाशित समाचारहरूः
https://www.bibechana.com/2017/04/02/%E0%A4%8F%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A5%87%E2%80%8C%E0%A4%B2%E0%A4%95%E0%A5%8B%E2%80%8C-%E0%A4%A8%E0%A4%BE%E0%A4%AB%E0%A4%BE-%E0%A5%A7%E0%A5%A6-%E0%A4%95%E0%A4%B0%E2%80%8C%E0%A5%8B%E2%80%8C/
http://www.karobardaily.com/news/75519
२५ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंक
http://navinsandesh.com/economy/25612/%E0%A4%8F%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A5%87%E0%A4%B2-%E0%A4%A1%E0%A5%87%E0%A4%AD%E0%A4%B2%E0%A4%AA%E0%A4%AE%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%9F-%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95%E0%A4%B2%E0%A5%87
http://satyakhabar.com/2016/09/26/39174